आफ्नो कामबारे धेरै चिन्ता नगर्न आँचलको अनुरोध



नायिका आँचल शर्माको व्यस्तता बिहेपछि फिल्म र म्यूजिक भिडियोमा कम हुने आँकलन धेरैले लगाएका थिए । तर आँचलले विवाहपछि पनि लगातार म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् भने चलचित्र पनि साइन गरिरहेकी छिन् । त्यतिमात्र नभएर आँचल आफ्नै लगानीमा चलचित्र बनाउने तयारी पनि गरिरहेकी छिन् ।

तर बेला बेलामा विवाद आउन भने छोडेकी छैनन् । केहीसमय अघि पब्जी र टिकटकसम्बन्धी दिएको एक बयानका कारण उनी निकै विवादमा तानिइन् । त्यसबाहेक विविभ कुरा झिकेर आँचलको ट्रोल, मिम बन्ने गरेका छन् । आँचलले आफ्नो कामप्रति अरुलाई चिन्ता नगर्न आग्रह गरेकी छिन् ।

उनले कसैको पनि नाम तोकेकी छैनन् । तर उनको जवाफ पक्कै पनि उनलाई नराम्रो कमेन्ट गर्नेलाई नै हो । आँचलले आफ्नो डाहा नगर्न भन्न खोजेको अनुमान दर्शकले लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्