
करिब २ अगाडी प्रदर्शनमा आएको सर्वाधिक सफल चलचित्र प्रसाद युट्युबमा रिलिज भएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
युट्युबमा रिलिज भएसँगै प्रसाद ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रले भ्यूज पनि राम्रो पाइरहेको छ । अधिकांश दर्शकले चलचित्रको कथावस्तु र विपिनको अभिनयको प्रशंसा गरेका छन् । साथै नम्रताको फरक बोली र निश्चलको भिलेन अवतारले पनि दर्शकको मन छोएको छ ।
सन्तान नहुदाँ दम्पत्तिलाई पर्ने समस्यालाई चलचित्रमा देखाउन खोजिएको छ ।





