युट्युबर विरुद्ध अक्षय कुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्धा, यस्तो छ मुख्य कारण…



बलिउडका सर्वाधिक चर्चित अभिनेता अक्षय कुमारले युट्युबर विरुद्ध मुद्धा दर्ता गराएका छन् ।

उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । अक्षयले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका हुन् ।

राशिदले सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा अक्षयलाई पनि घुसाएका थिए । उनले सुशान्तको आत्महत्याको कारण अक्षय पनि रहेको भन्दै उनलाई आरोप लगाएका थिए । अक्षयले मुद्धा हाल्नुको मुख्य कारण यहि नै हो ।

यतिमात्र कहाँ हो र ती युट्युबरले अक्षयकुमारलाई रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए । राशिदले एक भिडियो बाहिर ल्याएको थियो । जसमा भनिएको थियो ‘अक्षयले रियालाई देशबाट निस्किएर क्यानडा जान पुरै सहयोग गरेका थिए ।’

प्रतिक्रिया दिनुहोस्