‘टिकटक’ बाट चर्चामा आएकी निकिसा श्रेष्ठलाई दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने एकजना पक्राउ



निकिसा श्रेष्ठलाई अहिले नचिन्ने सायद कोही छैनन् होला । निकिसा टिकटकबाट चर्चामा आएकी हुन् । शारिरीक बनावट अनुसार उनी केटा हुन् । तर टिकटकमा केटीको रुपमा उनी परिचित छिन् । जसका कारण धेरैले उनको मजाक उडाउने गरेका छन् । निकिसालाई धेरैजसो नकरात्मक प्रतिक्रिया आइरहेका हुन्छन् ।

उनलाई छक्का, हिजडा भनेर कमेन्ट गर्ने गरिन्छ । तर यसपटक त हद नै पार भएको छ । निकिसा बाटोमा हिडिरहेको बेलामा कसैले बाइकबाट उनलाई छक्का भन्दै जिस्काएको भिडियोले यतिबेला सामाजिक सञ्जाल तात्तिएको छ । धेरैले यसको विरोध समेत गरिरहेका छन् ।

मोटरसाइकलमा सवार युवाले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानबिन र अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिले यो भिडियो खिचेको हो या होइन भन्ने अझै पुष्टि भइसकेको छैन । अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्