२२ बर्षकी यी युवती आफ्नो खुट्टाको फोटो बेचेर महिनामा कमाउँछिन् साढे १२ लाख



सुन्दा अचम्म लाग्न सक्छ तर अमेरिकाकी एक मोडलले आफ्नो खुट्टाको फोटो बेचेर महिनामा साढे १२ लाख (नेपाली) कमाउँछिन् । सामान्य जीवन बिताइरहेकी २२ बर्षिया डिजायर गेटोले मोडलिङ सुरु गरिन् । त्यसपछि उनको खुट्टाको प्रशंसा हुन थाल्यो ।

उनका खुट्टाको तस्वीरको लागि मानिसहरु ठूलो रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो । अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड ९साढे १२ लाख नेपाली रुपैयाँ० कमाउने खुलासा गरेकी छिन् ।

पछिल्लो समय डिजायर ओन्लीफ्यान्समा सक्रिय छिन् र यही अनलाइन प्लेटफर्मबाट उनले महिनामा झण्डै साढे १० हजार डलर कमाउँछिन् । यसको लागि उनले धेरै केही गर्नु पर्दैन, आफ्नो खुट्टाको फोटो खिचेर पठाए पुग्छ ।

उनले भनिन् ‘केही मासिनसहरुलाई खुट्टाको पेडिक्योर हेर्न मन पर्छ, केही मानिसहरुलाई पैतला हेर्ने सोख हुन्छ । केही मानिसहरु मेरो लागि स्टकिङ किनिदिन्छन् । केहीले मेरो खुट्टालाई स्टाइलिस मोजामा हेर्न रुचाउँछन् । खास कुरा यो हो कि यीमध्ये धेरैजसोलाई नग्नताको कुनै पर्वाह हुँदैन । खासमा उनीहरुलाई खुट्टाप्रति मात्रै लगाव हुन्छ ।’ डिजायरले आफ्ना खुट्टाको एक तस्वीरलाई सामान्यतया २५ डलरमा बेच्छिन् । उनका खुट्टाको तस्वीरका साथै भिडियो पनि चर्चामा रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्