परिवारका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि ‘होम आइसोलेसन’ मा सलमान



परिवारका ३ जना सदस्यहरुमा कोरोना पोजेटिभ देखिएपछि यतिबेला बलिउड अभिनेता सलमान खान होम आइसोलेसनमा बसेका छन् । उनी १४ दिनसम्म घरबाट बाहिर निस्कने छैनन् ।

भारतीय मिडिया अनुसार सलमानका पर्सनल ड्राइभर र घरका २ स्टाफमा कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना पोजेटिभ देखिएपछि यबितेला सलमानका स्टाफलाई बाम्बे हस्पिटलमा भर्ना गरिएको छ । सलमान केहीदिन देखि उनका आमाबुबाको एन्निभर्सरी मनाउने तयारीमा थिए । तर परिवारका केही सदस्यमा कोरोना पोजेटिभ देखिएपछि त्यो कार्यक्रम पनि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्