श्रीमतीसँग डिभोर्स भएपछि आफ्नै भतिजीसँग दोस्रो विवाह गर्दै प्रभु देवा !



प्रभु देवा बलिउडका सर्वाधिक चर्चित डान्स कोरियोग्राफर हुन् । उनी बलिउडमा मात्र नभएर टलिउडमा पनि उत्तिकै चर्चित छन् । उनको करियर नै टलिउडबाट सुरु भएको हो । आफ्नो प्रोफेसनल जीवनमा जति सफल छन् निजी जीवनमा प्रभु त्यति नै दुखी पनि छन् । उनको वैवाहिक जीवन पहिलेदेखि नै त्यति सुखमय छैन ।

यबितेला सामाजिक सञ्जालमा प्रभुले दोस्रो विवाह गर्न लागेको खबरले निकै नै चर्चा पाइरहेको छ । यद्यपि यसबारे प्रभुले भने कुनैपनि आधिकारीक जानकारी दिएका छैनन् । चर्चा प्रभुको दोस्रो विवाहले भन्दापनि उनले आफ्नै भतिजीसँग विवाह गर्न लागेको कुराले पाइरहेको छ । भारतीय मिडिया अनुसार प्रभु केहीसमयदेखि आफ्नी भतिजीलाई डेट गरिरहेका छन् र केहीसमय पछि उनीसँग विवाह गर्दैछन् ।

प्रभुले यो कुरालाई साचो पनि भनेका छैनन् र झुटो पनि भनेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्