पञ्जाबको आइकन को रुपमा नियुक्त भए बलिउड अभिनेता सोनु सुद



यतिबेला सोनु सूद सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चामा छन् । फिल्मको हिरो मात्र नभएर उनले भारतीय जनताको नजरमा आफूलाई रियल हिरोको रुपमा परिचित गरिसकेका छन् । आजभोली सोनुलाई जनताले भगवानको रुपमा हेर्न थालेका छन् । जसको कोही हुदैँन उसको लागि सोनु छन् भन्ने छाप जनतामा परिसकेको छ ।

कोरोनाको महामारीको समयमा उनले दिनरात आफ्नो ज्यानको परवाह नगरी समस्यामा परेकाहरुको सहयोग गरेका थिए । जुन कामलाई अहिले पनि उनले निरन्तरता दिइरहेका छन् । उनको यहि योगदानको सम्मान गर्दै भारतको निर्वाचन आयोगले पन्जाबका लागि राज्य ‘आइकन’ का रुपमा सोनुलाई नियुक्त गरिएको छ ।

आइकनमा नियुक्त भएपछि अभिनेता सोनु निकै खु्सी भएको बताएका छन् । उनले भने ,‘ म यो सम्मानका लागि निकै आभारी छु । पन्जाबमा जन्मिएको भएर होला मलाई यो नियुक्ति पाउँदा भावनात्मक हिसाबले धेरै ठूलो लागेको छ । मेरो राज्यलाई गौरव महसुस गराउन पाउँदा म निकै खुसी र प्रेरित भएको छु।’

प्रतिक्रिया दिनुहोस्