दुबईमा श्रीमान रोहनप्रितसँग रोमान्टिक मुडमा देखिइन् नेहा, तस्बिर भए भाइरल



बलिउडकी सर्वाधिक डिमाण्डेड र चर्चित गायिका नेहा कक्कर यतिबेला हनिमुन मनाउन श्रीमान रोहनप्रित सिंहसँग दुबई पुगेकी छिन् । सामाजिक सञ्जालमा रोहन र नेहाका तस्बिर भाइरल भैरहेका छन् ।

नेहा र रोहनले पनि दुबईमा रमाइरहेको तस्बिर सेयर गरेका छन् । जसलाई दर्शकले निकै नै रुचाएका पनि छन् । तस्बिरमा नेहा र रोहन निकै रोमान्टिक मुडमा देखिएका छन् । हनिमुनबाट फर्किएपछि रोहन र नेहा फेरि आफ्नो काममा फर्कने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्