जब सलमान गलफ्रेण्डको बेडरुममा रंगेहात पक्राउ परे…



बलिउड अभिनेता सलमान खान चलचित्रका साथै आफ्नो आन्तरिक जीवनका कारण पनि चर्चामा आउने गरेका छन् । अझ भनुम उनी प्रेमका कारण धेरै चर्चामा आउँछन् । बलिउडका धेरै नायिकाहरुसँग उनको नाम जोडिने गरेको छ । ऐश्वर्या बाहेक अरु सबैलाई सलमानले सामान्य रुपमा नै लिने गरेका छन् ।

सलमानको जीवनमा धेरै प्रेमिकाहरु आए र सबैसँग सलमानले रमाइलो पल बिताएका छन् । केही समयअघि दिएको एक अन्तवार्तामा सलमानले आफ्नी एक प्रेमिकासँगको रमाइलो पल सेयर गरेका थिए । उनी एकपटक प्रेमिकालाई भेट्न उनको घर गएका थिए । घरमा कोही नभएकाले उनी प्रेमिकालाई भेट्न गएका थिए । तर अचानक प्रेमिकाका परिवार घर आइपुगे । सलमान डरले लुक्नको लागि प्रेमिकाको बेडरुमसम्म पुगे । प्रेमिकाको बेडरुमको दराजभित्र लुक्दा उनलाई हाँछ्यु आयो र उनको आवाज सबैले सुने । सबैले सलमान त्यहाँ लुकेका रहेछन् भन्ने पनि थाहा पाए । निकै डराएका थिए सलमान त्यस समय, तर धन्न परिवारमा त्यस्तो कुनै लफडा भएन ।

यो पल सेयर गर्दा सलमान निकै हाँसेका थिए । उनी अहिले पनि यो घटना सम्झदाँ आफूलाई रमाइलो लाग्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्