२ दशकपछि ‘सल्लेरी पाखामा’ लिएर गायनमा फर्किए दीपक तुम्बापो (भिडियो)



काठमाडौं । गायक दीपक तुम्बापो करीब २ दशक पछि नेपाली सांगीतिक छेत्रमा कमब्याक हुनु भएको छ । २०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा ‘सल्लेरी पाखामा’लाइ आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर गायक दीपक तुम्बापो पुनः संगीतमा फर्किएका हुन् ।

स्वर्गीय भिम दा तुम्बापोको शब्द र संगीत र विश्व अधिकारीको एरेन्ज रहेको ‘सल्लेरी पाखामा’ गीतको भिडियोमा दीपक तुम्बापो र मिस पुर्वान्चल मोनिका लिम्बुको अभिनय रहेको छ ।

नरेन मोक्तानको सिनेमाटोग्राफी र प्रदीप बस्नेतको सम्पादन रहेको भिडियोलाइ युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् । नेपाली सांगीतिक छेत्रमा धेरै पहिला लागेको भए पनि बिभिन्न कारणले गर्दा सांगीतिक छेत्रलाई निरन्तरता दिन न सकिएको बताउदै गायक तुम्बापोले साथीहरुको सल्लाहमा पुनः गीत लिएर दर्शक माझ आएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्