अध्यक्ष प्रचण्डद्वारा केन्द्रिय सचिवालयमा प्रस्तुत तथ्यपूर्ण प्रतिवेदन (पूर्णपाठ सहित)



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिदै गएको किचलोले स्थानीय भन्दा केन्द्रिय तहमा हलचल मच्चिएको छ ।

अहिलेको विवाद दशवर्षे जनयुद्धका नायक रहेका प्रचण्ड र झापा आन्दोलन हुँदै हाल मुलुकको बागडोर सम्हालिरहेका प्रधानमन्त्री ओलीबिच व्यक्तिगत प्रतिष्ठा भन्दा पनि व्यक्तिमुखी पार्टी निर्माण गर्ने वा पद्धतिसंगत पार्टी संचालन गर्ने भन्ने बिचको मुख्य अन्तरविरोधको रुपमा रहेको देखिन्छ ।
चुनावी गठबन्धनमा मुख्य हिस्सा आफ्नो पक्षमा पारी चुनावी अभियानमा होमिएका ओलीले राष्ट्रवादी छवी निर्माण गरेरै निर्वाचनलाई बामपन्थीमय बनाएको आंशिक सत्यतालाई भूली आफ्नै कारणले मात्र मुलुकमा कम्युनिष्ट सरकार बनेको दम्भ सिर्जना हुनु अहिले नेकपामा देखिएको किचलोको मुख्य जड हो ।

आफूलाई निर्वाचित अध्यक्ष भनेर पटकपटक व्याख्या गर्ने ओलीले सोही निर्वाचनबाट निर्वाचित उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बन्नबाट रोक्न सम्म पछि परेनन् । अहिले नेकपामा पूर्व एमाले र पूर्व माओवादी समूहबिचको द्वन्द साँघुरो हुँदै ओली समूह र प्रचण्ड समूह बिच देखिन्छ ।

यसरी हेर्दा नेकपाभित्रको विवाद ओलीको व्यक्तिवादी हठविरुद्ध पार्टी पद्धतिमा संचालन गर्न चाहने पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरुबिचको एकता बलियो बन्दै गएको देखिन्छ । चिप्ला कुरा गर्ने ओलीका बचनमा पटकपटक चिप्लिएका तीन पूर्व प्रधानमन्त्रीहरु अहिले एउटै कित्ताबाट पार्टी पद्धतिको आवाज उठाईरहेका छन् ।

व्यक्तिगत छलफलमा सिमित रहेको दुई नेताबिचको द्वन्द लिखित रुपमै छताछुल्ल भएपछि नेकपाको आगामी दिशा वार कि पारको चरणमा पुगेको देखिन्छ । अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको तथ्यगत प्रतिवेदनले ओलीप्रति इङ्गित गर्दै कि सच्चिने कि सक्किने भन्ने सन्देश दिएको छ ।

अध्यक्ष प्रचण्डद्वारा सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनको पूर्णपाठः

प्रतिक्रिया दिनुहोस्