
केहीदिन अघि चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलमा कोरोना संक्रमण पुष्टि भएको थियो । १४ दिनसम्म होम आइसोलेसनमा बसेर उपचार गराएपछि रवि लामिछाने दम्पत्तिले कोरोना जितेका छन् ।
रविले सामाजिक सञ्जालमार्फत कोरोनामुक्त भएको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘१४ दिनको कठिन आइसोलेशनबाट आज मुक्ति मिल्यो । केही बेर अघिमात्र हामी दुबैको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो । विभिन्न माध्यमबाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नु हुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ । निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे, रवीन्द्र समीर तथा डा.विश्वनाथ कोइराला (ॐ अस्पताल) प्रति आभार प्रकट गर्दछौ । सोचे झै कोरोना रैनछ ।’





