बलिउडमा कमब्याक गर्नको लागि नायिका तनुश्रीले घटाइन् १५ केजी तौल



तनुश्री दत्त बलिउडकी नाम चलेकी नायिका हुन् । तर विगत १० बर्षदेखि उनी पर्दामा देखिएकी छैनन् । सन् २०१० पछि उनले केहीसमयको लागि फिल्मबाट ब्रेक लिएकी थिइन् । अहिले भने उनी पुनः चलचित्रमा फर्कने तयारीमा छिन् ।

तनुश्रीले केही खराब व्यक्तिका कारण आफूले फिल्मबाट ब्रेक लिनु परेको बताउँदै उही जोस र जाँगरका साथ आफू कमब्याक गर्न लागेको जानकारी दिएकी छिन् । उनले चलचित्रमा फर्कनको लागि आफ्नो तौल पनि घटाएकी छिन् । तनुश्रीले आफ्नो १५ केजी तौल घटाएको जानकारी दिएकी छिन् ।

तनुश्रीले आफूलाई केही चलचित्र र वेव सिरिजबाट अफर आइरहेको पनि उल्लेख गरेकी छिन् । उनले, आफू साउथका ३ ठूला चलचित्रका प्रोजेक्टका मेनेजर र मुम्बइको १२ कास्टिङ अफिससँग आफू जोडिएको पनि उल्लेख गरेकी छिन् ।

तनुश्रीले केही ठूला प्रोडक्शन हाउससँग चलचित्रमा मुख्य भूमिकाका लागि पनि आफ्नो कुरा भैरहेको उल्लेख गर्दै महामारीका कारण अहिले नै आफूले चलचित्रको घोषणा गर्न नसक्ने पनि उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्