चलचित्र बनाउँदै आँचल, प्रदिप हुनेछन् नायक



नायिका आँचल शर्मा अब निर्मात्री बन्ने भएकी छिन् । कोरोना सामान्य भएपछि उनी चलचित्र बनाउनेछिन् । आँचलले निर्देशक मिलन चाम्सलाई उनको चलचित्र निर्देशन गर्नको लागि अफर गरेकी छिन् ।

चलचित्रको लागि अभिनेता प्रदिप खड्कालाई अफर गरिएको जानकारी प्राप्त छ । मिलन र प्रदिपले एकसाथ लिलिबिली मा एकसाथ काम गरेका थिए । तर त्यसपछि दुवैको सम्बन्ध बिग्रिएको चर्चा चल्न थालेको थियो ।

अब भने मिलन र प्रदिपले एकसाथ फेरि काम गर्ने सम्भावना देखिएको छ । तर यसबारे प्रदिपले भने कुनैपनि जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्