थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख नाघ्यो



पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये १ हजार २ सय ६१ जना काठमाडौँका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १६६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६२ हजार २४३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्