५ करोड लगानीमा फार्म हाउस खोल्दै दिपकराज गिरी



चर्चित हाँस्य कलाकार, निर्माता तथा स्क्रिप्ट राइटर दिपकराज गिरीले आफ्नै फार्म हाउस खोल्न लागेका छन् । यो कुराको जानकारी दिपक स्वयमले दिएका छन् । उनले ५ करोड लगानीमा फार्म हाउस खोल्न लागेका हुन् । दिपकले चन्द्रागिरीमा रहेको उनकै १० रोपनी जग्गामा फार्म हाउस खोल्न लागेका हुन् ।

उक्त फार्म हाउसमा ७ – ८ जनासम्म बस्न मिल्ने ३० वटा स–साना घर र सभा, सेमिनारलगायतका कार्यक्रम गर्नका लागि डेढ सय जनासम्म अट्ने सभाहल निर्माण गरिने छ । त्यसबाहेकको जग्गा जमिनमा कृषि सम्बन्धि काम गर्ने योजना दीपक राज गिरीको रहेको छ ।

फार्म हाउन करिब २ बर्षको अवधिमा निर्माण सकिने दीपकको तयारी छ । ३ महिना देखि यसैको काममा खटिरहेको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्