दर्शकलाई मन परेन अक्षयको ‘लक्ष्मी’, दिए यस्तो खराब प्रतिक्रिया…



अक्षय कुमार अभिनीत बहुप्रतिक्षित चलचित्र लक्ष्मी ओडिटी मार्फत गत सोमबार रिलिज भएको थियो । लामो समयदेखि दर्शकले यो चलचित्र कुरिरहेका थिए । तर विडम्बना चलचित्रले सोचेजस्तो सफलता भने पाउन सकेनन् । दर्शक मात्र नभएर समिक्षकले पनि लक्ष्मी लाई कत्तिपनि रुचाएनन् ।

यतिबेला सामाजिक सञ्जालमा लक्ष्मी लाई लिएर ट्रोल र मिम बनिरहेका छन् । धेरै दर्शकले चलचित्र राम्रो होला भन्ने आश गरेको भएपनि चलचित्रले मजा नदिएको बताए । कसैले त अक्षयको अहिलेसम्मकै खराब चलचित्र भएको प्रतिक्रिया दिएका छन् । चलचित्रको कथा नै कमजोर भएको दर्शकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्