अक्षय कुमारसँग कहिल्यै पनि सँगै काम गर्न सक्दैनन् शाहरुख, यस्तो छ कारण…



यतिबेला सामाजिक सञ्जालमा शाहरुख खानले अक्षयको बारेमा धेरै समय दिएको अन्तवार्ताले बलिउडमा चर्चा पाइरहेको छ । शाहरुखले धेरै समय अघि एक अन्तवार्तामा आफू अक्षय कुमारसँग कहिल्यै काम गर्न नसक्ने बताएका थिए ।

धेरै दर्शकले अक्षय र शाहरुखबिच कतै झगडा भएर त शाहरुखले यसो भनेका होइनन् ? भनेर प्रश्न पनि नगरेका होइनन् । तर यसको वास्तविक कारण सुन्दा भने दर्शकलाई हाँसो लाग्न सक्छ । शाहरुख प्राय रातको समयमा काम गर्न रुचाउँछन् जुन हर सेलिब्रेटी रुचाउँदैनन् । अक्षय सुट भनेपछि बिहानै उठ्ने गर्छन् । जुन शाहरुख गर्न सक्दैनन् ।

शाहरुखले बताए अनुसार अक्षय उठ्ने समयमा शाहरुख बल्ल सुत्न जान्छन् । उनले आफू अक्षयसँग काम गर्न इच्छुक रहेको तर एकअर्काको काम गर्ने समय नमिल्ने भएकाले सायद एकसाथ पर्दामा देख्न गाह्रो भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्