मंसिर २५ बाट हिमालयन टेलिभिजनमार्फत प्रशारणमा आउँदै ‘सक्कीगोनी’



सक्कीगोनी दर्शकले सर्वाधिक रुचाएको टेलिसिरियल हो । नेपाल टेलिभिजनबाट प्रशारणमा आउने गरेको सक्कीगोनी पहिलो चरणको लकडाउन सुरु भएदेखि आउन बन्द भएको हो ।

लामो समयको ग्यापपछि अब दर्शकले सक्कीगोनी फेरि हेर्न पाउने भएका छन् । अब मंसिर २५ बाट सक्कीगोनी हिमालयन टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । यो कुराको जानकारी सक्कीगोनी टिमले दिएको छ । सक्कीगोनी मंसिर १५ बाट हिमालयन टेलिभिजनमा हरेक बिहिबार राति ८ बजे बजे प्रशारणमा आउने भनिएको छ ।

सक्कीगोनी मा दर्शकले पुरानै कलाकारलाई देख्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्