
शाहरुख खान र सलमान खान दुवै बलिउडका चर्चित अभिनेता हुन् । यी दुईको मित्रता पनि निकै राम्रो रहेको छ । यी दुईले एकसाथ केही चलचित्रमा काम पनि गरेका छन् ।
तर लामो समयदेखि पर्दामा यी दुईलाई दर्शकले एकसाथ देख्न पाएका छैनन् । अब भने दर्शकले यी दुईलाई पर्दामा एकसाथ देख्न पाउने सम्भावना बढेर गएको छ । भारतीय मिडिया अनुसार शाहरुख र सलमान चलचित्र पठान मा एकसाथ देखिदैँ छन् । चलचित्रमा उनीहरुलाई नायिका दिपिका पादुकोणले पनि साथ दिनेछिन् ।
यसबारे कुनै आधिकारीक जानकारी भने आएको छैन । तर यो खबर दर्शक हर्षित भने भएका छन् ।





