
साउथकी सर्वाधिक चर्चित नायिका काजल अग्रवालले केहीदिन अघिमात्र प्रेमी गौतमसँग निकै धुमधामसँग विवाह गरेकी छिन् । उनले विवाहपछि भव्य रिसेप्सन पार्टी पनि दिइन् । काजल र गौतम केहीबर्ष देखि प्रेममा थिए । परिवारको रजामन्दी भएपछि यी दुईले लगनगाठो कसेका हुन् ।
यतिबेला यो नव विवाहित जोडी हनिमुन मनाउनको लागि माल्दिभ्स पुगेको छ । सामाजिक सञ्जालमा काजलले माल्दिभ्समा उनको श्रीमानसँग मस्ती गरिरहेको तस्बिर सेयर गरेकी छिन् । उनलाई फ्यानले बधाई दिइरहेका छन् ।





