हनिमुन मनाउन रोहनसँग दुबई पुगिन् नेहा



बलिउडकी सर्वाधिक चर्चित गायिका नेहा कक्करले केहीसमय अघिमात्र प्रेमी रोहनप्रित सिंहसँग विवाह गरेकी छिन् । कोरोनाकै समय भएपनि नेहाको विवाह भने धुमधामसँग नै भएको थियो ।

विवाहपछि उनले रोहनसँग आफ्नो पहिलो करुवाचौथ पनि मनाइसकेकी छिन् । यसैबिच नेहा र रोहन हालैमात्र हनिमुनको लागि दुबई उडेका छन् । नेहाले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएकी छिन् । उनले हालैमात्र आफ्नो इन्ष्टाग्राममा स्टोरी राख्दै दुबईको होटल देखाएकी छिन् ।

नेहा र रोहनको जोडीलाई फ्यानले निकै रुचाएका छन् । सामाजिक सञ्जालमा उनीहरुको नामको ह्यासट्यागले पनि सर्वाधिक चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्