‘२० बर्ष लामो मेरो अभिनय यात्रामा मेरो पिताले मलाई कुनै सहयोग गरेका छैनन्’ : अभिषेक बच्चन



अभिषेक बच्चन बलिउडका सफल अभिनेताको रुपमा परिचित छन् । तर सधैँ उनलाई उनको पिताको कारणले आज यो स्थानसम्म आइपुगेको आरोप लाग्दै आएको छ । तर अभिषेकले यसबारे बल्ल मुख खोलेका छन् ।

हुन त केही समयदेखि बलिउडमा नेपोटिज्मबारे सर्वत्र चर्चा भैरहेको छ । अभिषेकले आफूमा भने यो कुरा लागू नभएको बताएका छन् । उनले २० बर्ष लामो आफ्नो करियर यात्रामा आफ्ना पिताले कहिल्यै कुनैपनि सहयोग नगरेको बताए ।

उनले आज यो स्थानसम्म दर्शकको माया र आफ्नो मेहेनतले नै आइपुगेको बताएका छन् । अभिषेकले आफ्नो लागि आएका फोन समेत अमिताभले नउठाएको बताए । तर यसको लागि उनलाई कुनैपनि गुनासो छैन । अझ अभिषेक त खुसी छन् कि उनी आज यो स्थानसम्म आफ्नो मेहेनतले आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्