मनोज आइसीयूमा भर्ना भएपछि पूर्वपत्नी मिनाले लेखिन् यस्तो भावुक स्टाटस…



यतिबेला चर्चित हाँस्य कलाकार मनोज गजुरेलको आइसीयूमा उपचार भैरहेको छ । केहीदिन अघि कोरोना पोजेटिभ देखिएपछि उनी होम आइशोलेसनमा थिए । अचानक स्वास्थ्य खराब भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । मनोजको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका थिए ।

यसैबिच मनोजकी पूर्वपत्नी मिना ढकालले मनोजको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मनछुने स्टाटस लेखेकी छिन् । मनोज र मिनाको डिभाोर्स भएको लगभग २ बर्ष भैसकेको छ । मिनाले सँगै नभएपनि मनोजको आफूलाई चिन्ता भने भएको बताएकी छिन् ।

मिनाले आफ्ना छोराछोरी आजसम्म सकुसल रहेको नै मनोजको कारणले बताएकी छिन् । उनले स्टाटसले सबैलाई भावुक बनाएको छ । सबैले मिनाले मनोजको लागि राम्रो सोच राखेको भन्दै खुसी व्यक्त गरेका छन् ।

मिनाको स्टाटस जस्ताको तस्तै-

‘जिन्दगीले जुनसुकै मोडल अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नो जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौं र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ । तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग जीवनका बिसौं बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै भएरपनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो विचमा दुरी ल्यायो होला, फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आइसियूमा उपचाररत छौं भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महशुश भइरहेको छ । ‘तिमी छिट्टै हार मान्ने मान्छे होइनौं । मैले विसौ तीजका निराहार ब्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायूको कामना गर्न छाडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन् । तिमी र म विच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरालागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिट्टै निको भएर घर पुगेको देख्न पाउँ ।’

प्रतिक्रिया दिनुहोस्