
आदित्य नारायणले बलिउडमा आफ्नो राम्रो स्थान बनाइसकेका छन् । गायक मात्र नभएर उनलाई दर्शकले होष्टको रुपमा पनि राम्रो साथ दिएका छन् । उनै आदित्यले केहीसमय अघि आफू स्वेतासँग प्रेममा रहेको खुलाएका थिए । आदित्यले परिवारलाई पनि स्वेताको बारेमा भनिसकेको र अब चाडै नै विवाह गर्ने बताएका थिए ।
परिवारको सहमति भएपछि आदित्यको घरमा विवाहको तयारी सुरु भैसकेको छ । आदित्य र स्वेताले रोका गरिसकेका छन् । हालैमात्र आदित्यले रोकाको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनले डिसेम्बरमा आफ्नो विवाह हुन लागेको जानकारी फ्यानलाई दिएका छन् ।
विवाहको तयारी सुरु भएसँगै आदित्यले अहिले आफ्नो कामबाट पनि ब्रेक लिएका छन् । विवाह नहुन्जेलसम्म उनी आफ्नो पुरा समय परिवारलाई दिने सुरुमा छन् । आदित्यले रोकाको तस्बिर सेयर गरेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ ।





