
दर्शकले सर्वाधिक प्रतिक्षा गरेको चलचित्र ए मेरो हजुर ३ हिजोमात्र युट्युबमा रिलिज भएको छ । दर्शक यो चलचित्र निकै लामो समयदेखि कुरिरहेका थिए । यो कुरा युट्युबमा प्राप्त भ्युजबाट पनि थाहा हुन्छ कि दर्शक ए मेरो हजुर ३ हेर्न कति आतुर थिए ।
युट्युबमा रिलिज हुनासाथ ए मेरो हजुर ३ ले दर्शकको निकै राम्रो साथ पाइरहेको छ । यो चलचित्रलाई यो समाचार तयार पारिरहँदा लगभग १४ लाख दर्शकले हेरिसकेका छन् । चलचित्रमा ७ हजार बढी कमेन्ट प्राप्त छन् र अधिकांश कमेन्ट पोजेटिभ रहेका छन् । हाल युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको यस चलचित्रमा अधिकांश दर्शकले अनमोल र सुहानाको केमेष्ट्रिको अत्यन्तै तारिफ गरेका छन् । साथै सुहानाको अभिनयको पनि चौतर्फी चर्चा भैरहेको छ ।
झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रुपा घिसिङ, रक्षा गौतम, सरोज खनाल, रबिन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।





