आकाशको जन्मदिनमा फ्यानले सियोनाको उपचारको लागि दिए १ लाख १७ हजार



हिजो अभिनेता आकाश श्रेष्ठको जन्मदिन थियो । आकाशको जन्मदिनकको अवसर पारेर पूजा आककाश फ्यान क्लब ले उनीहरुको लागि काठमाडौँका २ ठाउँमा विशेष कार्यक्रम राखेको थियो । आकाशले आफ्ना फ्यानमाझ केक काटेर निकै धुमधामसँग जन्मदिन मनाए ।

यसैबिच आकाशको जन्मदिनको उपहार स्वरुप पूजा आकाश फ्यान क्लबले १३ महिनाकी बालिका सियोनाको उपचारको लागि १ लाख १७ हजार सहयोग गरेका छन् । सियोनाको उपचारको लागि देश विदेशबाट सहयोग आइरहँदा पूजा आकाश फ्यान क्लबले पनि सहयोग गरेका छन् ।

कार्यक्रममा फ्यानहरुले पुजा र आकाशलाई १ तोलाको सुनको औठी पनि लगाइदिएका थिए । आकाशको जन्मदिन सेलिव्रेशनका लागि इटहरी, सर्लाही, विराटनगर, सिराहा, ओखलढुंगा लगायतका ठाउँमा उनका फ्यानहरु काठमाण्डौ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्