
दर्शकले लामो समयदेखि निकै नै प्रतिक्षा गरिरहेको चलचित्र ए मेरो हजुर ३ अन्ततः युट्युबमा रिलिज भएको छ ।
झरना थापा निर्देशित चलचित्रले हलमा सर्वाधिक राम्रो व्यापार गर्न सफल भएको थियो । अनमोल केसी, सुहाना थापा, रुपा घिसिङ, रक्षा गौतम, सलोन बस्नेत, रबिन्द्र झा, सरोज खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
हलमा जस्तै युट्युबमा पनि दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टिम विश्वस्त रहेको छ ।





