पहिलो पटक म्यूजिक भिडियोमा प्रेमी देवांशसँग देखिइन् साम्राज्ञी, कत्तिको सुहायो त जोडी ?



साम्राज्ञी राज्यलक्ष्मी शाह निकै नै व्यस्त र चर्चित नायिका हुन् । उनले सुरुवाती दिनदेखि नै नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो स्थान बनाएकी छिन् । उनै साम्राज्ञीले पहिलो पटक अभिनय गरेको म्यूजिक भिडियो हालैमात्र रिलिज भएको छ ।

साम्राज्ञीकै आमा नेहा आरएल शाहको आवाजमा रहेको तिमी र म बोलको गीतमा विराज गौतमको शब्द र संगीत रहेको छ । गीतमा साम्राज्ञीसँगै उनका प्रेमी देवांश राणाको पनि अभिनय रहेको छ । गीतमा साम्राज्ञी र देवांशको गज्जबको केमेष्ट्रि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्