
आकाश श्रेष्ठ नेपाली चलचित्र जगतका सर्वाधिक चर्चित र डिमाण्डेड अभिनेता हुन् । चलचित्रसँगै पछिल्लो समयमा उनको व्यस्तता म्यूजिक भिडियोमा पनि निकै नै बढिरहेको छ ।
आज उनै चकलेटी अभिनेता आकाश श्रेष्ठको जन्मदिन रहेको छ । आज आकाशको जन्मदिन परेकाले सामाजिक सञ्जालमा चलचित्रकर्मी र उनका फ्यानले उनलाई शुभकामना दिइरहेका छन् ।
आकाश यो क्षेत्रमा आफू सिक्ने क्रममा रहेको र आफूले अझै धेरै नै कुरा सिक्न बाकिँ रहेको बताएका छन् । आकाश फ्यानले दिएको अथाह मायाको लागि सधैँ नै आफू आभारी रहेको बताउँछन् । हाम्रो तर्फबाट पनि आकाशलाई जन्मदिनको धेरै शुभकामना ।





