भिटेनलाई पक्राउ नगर्न उच्च अदालतले दियो आदेश



भिटेन युवापुस्तामाझ लोकप्रिय र्‍यापर हुन् । तर आफ्ना र्‍यापमा प्रयोग गरेको अश्लिल शब्दका कारण उनी धेरै विवादमा फस्ने गरेका छन् ।

केहीदिन अघिमात्र पनि उनले निकालेको पारा गीतमा प्रयोग गरिएको आपत्तिजनक शब्दका कारण उनी विवादमा तानिएका छन् । उनलाई प्रहरीले प्रक्राउ समेत गर्ने बताएको थियो ।

तर उच्च अदालतले भिटेनलाई पक्राउ नगर्न अनुमति दिएको छ । गीत संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको जनाउँदै अदालतले पक्राउ नगर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्