
दिपक–दिपाको समुह चलचित्र बनाउन माहिर मानिन्छन् । उनीहरुले निर्माण गरेको चलचित्रले आजसम्म असफलता व्यहोर्नु परेको छैन । तर दिपक दिपा एक्लै हुन्थे भने सायद यो सम्भव नै हुदैँनथ्यो होला । छ एकान छ बाट सुरु भएको दिपक दिपाको फिल्म यात्रामा सुरुवाती दिनदेखि नै जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतका बहुचर्चित हाँस्य कलाकारले साथ दिदैँ आएका थिए ।
यो ठूलो समूहले मिलेर काम गरेर नै सफलता पाएको हो । छ एकान छ र वडा नम्बर ६ मा काम गरेपछि धुर्मुस र सुन्तली यो समूहबाट बाहिरिएका थिए । उनीहरुले बिचमा चलचित्रलाई भन्दापनि सामाजिक कार्यलाई बढी प्राथमिकता दिन चाहेकाले यो समूह छोडेका थिए । धुर्मुस सुन्तलीपछि शिवहरि पौडेल पनि छक्का पञ्जा पछि यो समुहबाट अलग्गिए ।
तरपनि दिपक दिपालाई जितु नेपाल, केदार घिमिरेको साथ रहदैँ आएको थियो । अब भने दिपक दिपाको समुहबाट जितु नेपाल पनि बाहिरिएका छन् । जितु स्वयमले यसबारे जानकारी दिएका हुन् । लकडाउनको समयमा केही कारणले दिपाश्री निरौला नराम्रोसँग विवादमा मुछिइन् ।
जसका कारण मुन्द्रेको कमेडी क्लब मा उनको ठाउँमा करिश्मा मानन्धर अध्यक्षको रुपमा आइन् । त्यहि समयदेखि नै दिपक दिपा र मुन्द्रेबिच मनमुटाव सुरु भएको बुझिएको छ । यद्यपि यसबारे यी कलाकारले भने कुनैपनि स्पष्टिकरण दिएका छैनन् ।
तरपनि मुन्द्रे यो समुहबाट निस्कदाँ दर्शकले भने मन दुखाएका छन् । दर्शकको लागि मात्र नभएर स्वयम दिपक दिपाको समूहको लागि पनि यो एउटा ठूलो घाटा हो । अब मनमुटावकै कारण वा मुन्द्रेलाई सुहाउने रोल नभएका कारण उनी यो समूहबाट टाढिएका हुन् यसको जवाफ भने मुन्द्रेसँग नै छ । तरपनि दर्शकले मुन्द्रेलाई भने पक्कै पनि धेरै नै मिस गर्नेछन् ।





