‘सक्किगोनि’ अब नेपाल टेलिभिजनबाट प्रशारण नहुने, यस्तो छ कारण…



सक्किगोनि दर्शकमाझ लोकप्रिय टेलिश्रृखंला हो । लकडाउनका कारण केही महिनादेखि सक्किगोनि को प्रशारण बन्द भएको थियो । अब भने दर्शकले मंसिर २० देखि सक्किगोनि फेरि हेर्न पाउने भएका छन् ।

तर लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारणमा आएको सक्किगोनि अब भने दर्शकले हिमालयन टेलिभिजनमा प्रशारणमा आउने तयारीमा छ । सक्किगोनि को प्रशारणबारे नेपाल टेलिभिजनले खासै कहिल्यै पनि चासो नदिने गरेको भन्दै कलाकार दिपक आचार्यले गुनासो पोखेका छन् ।

 उनले सक्किगोनि हिमालयन टेलिभिजनबाट प्रशारण गर्न लाग्नुको मुख्य कारण त्यहि नै भएको बताएका छन् । युट्युबमा भने दर्शकले पहिले झैँ ओएसआर बाट नै सक्किगोनि हेर्न सक्नेछन् ।

सक्किगोनि मा अर्जुन घिमिरे, कुमार कट्टेल, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ, दिपक आचार्य, प्रियाना आचार्य लगायतका कलाकारको मुख्य भूमिका रहने गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्