
अक्षय कुमार यतिबेला चलचित्र लक्ष्मी को प्रमोशनमा व्यस्त छन् । नोभेम्बर १३ मा डिजिटल प्ल्याटफर्म मा रिलिज हुदैँछ । अक्षय लक्ष्मी को प्रमोशनको लागि हालैमात्र कपिल शर्मा शो मा पुगेका थिए । त्यहाँ उनले एउटा रमाइलो कहानी आफ्ना फ्यानलाई सेयर गरेका छन् ।
कार्यक्रममा अर्चना पूरन सिंहले पनि अक्षयलाई विभिन्न प्रश्न सोधेका छन् । अर्चनाले अक्षयलाई ‘के तपाईं घरमा किङ साइज लाइफ जिउनुहुन्छ रु’ भनेर सोध्दा उनले भने, ‘होइन, म कुनै पनि हालतमा यसरी बाँच्दिनँ ।’ त्यसपछि अर्चनाले सोध्छिन्, ‘तिमीहरु दुबैको झगडा भएमा कसको जीत हुन्छ रु’
अक्षय भन्छन्, ‘ट्वीङ्कल नै जित्छिन् ।’ त्यसपछि अर्चना भन्छिन्, ‘तिमीले कहिले थाहा पायौ कि तिमी कहिले पनि जित्न सक्दैनौ रु’ यसमा अक्षयले तुरुन्त भन्छन्, ‘विवाहको रात नै थाहा भइसकेको थियो ।’
अक्षयको यस्तो जवाफ सुनेर सबैजना निकै हाँसेका थिए ।





