
केहीसमय देखि बलिउड अभिनेता सोनु सूदको निकै चर्चा भैरहेको छ । उनले लकडाउनको समयमा समस्यामा परेका धेरैलाई सहयोग गरेका थिए । जसका कारण उनलाई आजभोली फ्यानले भगवानको दर्जा दिन थालेका छन् ।
आजभोली समस्यामा परेकाहरुले सम्झने पहिलो नाम नै सोनु सूद हो । उनलाई ट्वीटरमा ट्वीट गर्दै धेरैले सहयोग मागिरहेका हुन्छन् । सहयोग माग्ने सबैलाई सोनुले बिना हिचकिटाहट सहयोग गरिरहेका पनि हुन्छन् ।
हालैमात्र पनि उनलाई उत्तरप्रदेशमा केही छोरीलाई विद्यालय जान निकै टाढा परेकाले उनीहरुको लागि साइकलको माग गरेका थिए । कसैले सोनुलाई ट्वीटरमार्फत यो कुराको जानकारी दिएपछि उनले तुरुन्त उक्त गाउँको लागि साइकल वितरण गरेका छन् । अहिले सोनुको ट्वीटरमा सबैले निकै तारिफ गरिरहेका छन् । सोनु भने समस्यामा परेकाहरुलाई यसरी सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लाग्ने बताउँछन् ।





