आज बलिउडका चर्चित अभिनेता शाहरुख खानको जन्मदिन, शुभकामना दिनेको ओइरो



शाहरुख खान, बलिउडको चर्चित र सबैको मनमुटुमा बस्न सफल नाम । बलिउडमा उनको योगदान अतुलनीय छ । शाहरुखले बलिउडमा पाइला चालेसँगै आजको दिनसम्ममा यो क्षेत्रलाई यत्तिको उचाइसम्म ल्याउनको लागि धेरै योगदान दिएका छन् ।

आज उनै किङ्ग खान, बादशाह, रोमान्स किङ्गको जन्मदिन हो । शाहरुख आज आफ्नो ५५ औँ जन्मदिन मनाउँदै छन् । जीवनको ५५ औँ वसन्त पार गरिसक्दा उनले धेरैको मन जित्न सफल भएका छन् । शाहरुखले यो स्थानसम्म आफूलाई ल्याउनको लागि धेरै नै मेहेनत गरेका छन् र उनको मेहेनत देखिन्छ पनि ।

एउटा सामान्य परिवारबाट जन्मिएर बलिउडमा प्रवेश गरेका साहरुख आज विश्वको दोश्रो धनी कलाकार हुन् । यसैले पनि उनको पदचाप पछ्याउँदै बलिउडसम्म आउन चाहने यूवायूवतीको लाइन लामो छ ।

उनले बलिउडमा थुप्रै सफल चलचित्रमा काम गरेका छन् । उनले दिएका सफल चलचित्रहरु गनेर सकिदैँन । आज उनको जन्मदिन परेकाले सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि शाहरुखलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्