‘हिरोपन्ती २’ मा टाइगरको जोडी तारा



टाइगर बलिउडका सर्वाधिक चर्चित अभिनेता हुन् । उनले एकपछि अर्को गर्दै राम्रा चलचित्रमा काम गरिरहेका छन् र राम्रो चर्चा पनि कमाएका छन् । उनै टाइगर यतिबेला चलचित्र हिरोपन्ती २ को तयारीमा छिन् ।

हिरोपन्ती टाइगरको लागि निकै विशेष चलचित्र हो । किनकी हिरोपन्ती बाट नै उनी बलिउडमा भित्रिएका थिए । हिरोपन्ती मा उनीसँगै नायिका कृति सेननले पनि बलिउडमा पाइला चालेकी थिइन् । हिरोपन्ती २ मा भने दर्शकले कृतिलाई देख्न पाउने छैनन् । हिरोपन्ती २ मा टाइगरसँग दोस्रो पटक नायिका तारा देखिदैँ छिन् । ताराले बलिउडमा डेब्यु स्टुडेन्ट अफ दि इयर २ बाट गरेकी थिइन् । जहाँ उनको जोडी टाइगरसँग नै बाधिएको थियो ।

तारा दोस्रो पटक टाइगरसँग सहकार्य गर्नको लागि निकै उत्साहित छिन् र टाइगर पनि हिरोपन्ती २ को लागि राम्रो तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्