
ऐश्वर्या राय र शाहरुख खान दुवै बलिउडका सफल कलाकार हुन् । दुवैले एकसाथ केही चलचित्रमा काम पनि गरेका छन् । तर यी दुईको पनि सम्बन्ध बिचमा बिग्रिएको थियो । एकअर्काको राम्रो साथी हुदाँहुदैँ ऐश्वर्या र शाहरुखको सम्बन्ध केही कारणले बिग्रिएको थियो ।
अचम्मको कुरा त के छ भने त्यसबेला ऐश्वर्यालाई उनले पाएको चलचित्रबाट धमाधम निकाल्न थालियो । यो कुराको जवाफ ऐश्वर्याले कहिल्यै कोहीसँग पनि मागिनन् ।
धेरै समय अगाडी दिएको एक अन्तवार्तामा शाहरुखले आफूले ऐश्वर्यासँग काम गर्न चाहेको तर उनले चलचित्र छोडेकाले राम्रोसँग सहकार्य हुन नसकेको बताएका थिए । ऐश्वर्याले भने आफूले चलचित्र नछोेडेको र आफूलाई चलचित्रबाट निकालिएको बताएकी छिन् । अब उनलाई शाहरुखसँग सम्बन्ध बिग्रिएको कारण निकालिएको थियो वा अन्य कारणले त्यसको बारेमा भने ऐश्वर्याले कहिल्यै पनि जान्न चाहिनन् ।





