युट्युबमा पाइरेसी भयो ‘छ माया छपक्कै’, प्रहरीमा उजुरी दिने तयारीमा निर्माता



१ बर्ष अघि प्रदर्शनमा आएको चलचित्र छ माया छपक्कै पाइरेसी भएको छ ।

कपिराइट सङअल नामक च्यानलबाट यो चलचित्र शनिबार अपलोड गरिएको छ । यो चलचित्रलाई युटुबमा १ सय भन्दा बढी पटक हेरिएको छ ।

यतिबेला चलचित्र पाइरेसी गर्ने व्यक्तिको खोजी भैरहेको छ । यो चलचित्रको कपिराइट आमा अग्नि कुमारी मिडियासँग रहेको छ ।

चलचित्रका निर्माता रोहित अधिकारी अब प्रहरीमा उजुरी दिएर चलचित्र पाइरेसी गर्ने व्यक्तिको खोजी गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्