बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन फेरि विवादमा परेका छन् । कौन बनेगा करोडपति मा सोधेको एक प्रश्नको कारण उनी विवादमा तानिएका हुन् । यतिबेला सामाजिक सञ्जालमा उनको चर्को आलोचना भैरहेको छ ।
भारतीय फिल्म निर्माता विवेक रंजन अग्नीहोत्रीले कौन बनेगा करोडपतिलाई कम्युनिस्टहरुले ‘हाइज्याक’ गरेको आरोप लगाएका छन् । उनले बालबालिकालाई सांस्कृतिक युद्ध कसरी जितिन्छ भन्ने सिकाइएको आरोप समेत लगाएका छन् ।

अमिताभ विवादमा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी विभिन्न कारणले विवादमा तानिरहेका हुन्थे । यद्यपि अमिताभले अहिलेसम्म यसबारे कुनैपनि प्रतिक्रिया भने दिएका छैनन् ।