काठमाडौँका १ हजार ३ सय ५७ सहित थप २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि



 पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ पुगेको छ । थपिएका संक्रमितमध्ये १ हजार ३ सय ५७ काठमाडौँका रहेका छन् ।

बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।

यसैगरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्