उपत्यकाका १ हजार ८ सय ८८ सहित थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ पुगेको छ । थपिएका संक्रमितमध्ये १ हजार ८ सय ८८ काठमाडौँका रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४०९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २८ हजार ९५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसगैँ नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्