आमिर खानविरुद्ध मुद्धा दर्ता, यस्तो छ कारण…



बलिउड अभिनेताहरु बेला बेलामा विवादमा तानिरहेका हुन्छन् । हालैमात्र पनि बलिउडका दिग्गज अभिनेता आमिर खानविरुद्ध मुद्धा परेको छ । यतिबेला आमिर चलचित्र लालसिंह चढ्डा को छायांकनमा व्यस्त छन् ।

सोहि चलचित्रको छायांकनको लागि गाजियाबाद पुगेका थिए । लोनीका एक विधायकले लकडाउनको नियम उलङ्घन गरेको भन्दै आमिरबिरुद्ध उजुरी दर्ता गरेका हुन् ।

यतिबेला आमिरको उक्त सुटिङ सेटको एक तस्बिर समेत भाइरल भइरहेको छ । जसमा आमिर बिना मास्कमा देखिएका छन् । यही कुरालाई लिएर विधायक नन्दकिशोर गुर्जरले प्रहरीमा आमिरबिरुद्ध लकडाउन नियम उलङ्घन गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।

हालसम्म आमिरले भने यसबारे कुनैपनि जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्