‘कसले चोर्यो मेरो मन २’ बन्दै, दोहोरिएलान् त रेखा र आर्यन ?



कसले चोर्यो मेरो मन सर्वाधिक हिट भएको चलचित्र हो । चलचित्रमा आर्यन र रेखाको केमेष्ट्रिलाई दर्शकले निकै नै रुचाएका थिए । कसले चोर्यो मेरो मन रिलिजको ५ बर्ष बढी भैसकेको छ ।

यसैबिच छविराज ओझाले कसले चोर्यो मेरो मन को सिक्वेल बनाउने तयारी गरिरहेका छन् । चलचित्रको सम्पूर्ण काम सक्किसकेको छ । अब कलाकार छनौट गर्न मात्र बाकिँ छ ।

कसले चोर्यो मेरो मन २ मा आर्यन र रेखा नै दोहोरिने हुन् वा होइनन् त्यसको भने टुङ्गो छैन । तर दर्शकको चाहना भने यी दुईलाई पुनः एकपटक पर्दामा हेर्ने रहेको छ । छविले चलचित्रबारे थप जानकारी केहीसमयपछि दिने बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस्