चर्चित कलाकार तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण



चर्चित कलाकार तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो गरिएको टेष्टमा उनको रिपोर्ट पोजेटिभ आएको स्वयम उनले नै जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ’ शर्माले फेसबुकमा अगाडि लेखेका छन् ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’  

प्रतिक्रिया दिनुहोस्