अत्याधिक विरोध भएपछि अक्षयको ‘लक्ष्मी बम’ को नाम परिवर्तन



 बलिउड अभिनेता अक्षय कुमार यतिबेला चलचित्र लक्ष्मी बम को प्रमोशनमा दौडिरहेका छन् । लक्ष्मी बम अक्षयको लागि निकै विशेष चलचित्र हो । चलचित्रमा अक्षयले तेस्रो लिङ्गीको भूमिका निभाएका छन् ।

तर अक्षयको लक्ष्मी बम रिलिज अगावै विवादमा तानिएको छ । चलचित्रको नामले हिन्दु समाजमा ठेस पुर्याएको भन्दै विरोध भएपछि लक्ष्मी बम को नाम परिवर्तन गरेर लक्ष्मी मात्र राखिएको छ । चलचित्र नोभेम्बर ९ मा डिजिटल प्याटफर्ममा रिलिज हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्