आज वैवाहिक बन्धनमा बाधिदैँ बलिउडकी चर्चित नायिका काजोल



तमिलकी चर्चित नायिका काजल अग्रवालले आज प्रेमी गौतम किचलुसँग विवाह गर्दैछिन् । केहीसमय अघि काजलले गौतम र उनी केही समयदेखि प्रेममा रहेको र अक्टोबर ३० मा विवाह गर्ने योजना रहेको बताएकी थिइन् ।

सोही योजना अनुसार आज उनी वैवाहिक बन्धनमा बाधिदैँ छिन् । ३५ बर्षिया काजोलले आफ्नो खुसी सामाजिक सञ्जाल मार्फत पनि व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’

गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ ।

प्रतिक्रिया दिनुहोस्