‘कुछ कुछ होता हे’ रिलिजको २२ बर्ष पुरा, तर किन रिसाए अनुपम खेर ?



कुछ कुछ होता हे बलिउडको ब्लकबस्टर चलचित्र हो । आजपनि धेरै दर्शकको सबैभन्दा फेबरेट चलचित्र कुछ कुछ होता हे नै हो । यो चलचित्रले दोस्ती र प्रेमका कथा देखाएको छ ।

केहीदिनअघि मात्र कुछ कुछ होता हे ले रिलिजको २२ बर्ष पुरा गरेको छ । यसैबिच धर्मा प्रोडक्सनले ट्वीटरमा कुछ कुछ होता हे का केही सम्झन लायक सिनहरु सेयर गर्दै यसका कलाकारहरुलाई बधाई दिएको थियो । भिडियोमा चलचित्रका नायक शाहरुख खान, नायिका काजोल र रानी लगायत केही कलाकारलाई ट्याग गरिएको थियो ।

तर चलचित्रका अर्का मुख्य कलाकार अनुपम खेरलाई भने ट्याग गरिएन । यसबारे अनुपमले गुनासो पोखेका छन् । उनले ट्वीटरमा ट्वीट गर्दै आफू पनि उक्त चलचित्रको पात्र भएकाले ट्याग गरिदिएको भए खुसी लाग्ने बताए । तरपनि उनले कुछ कुछ होता हे को पात्र बन्न पाउँदा आफूलाई निकै खुसी भने लागेको बताए ।  

प्रतिक्रिया दिनुहोस्