चर्चित र्‍यापर भिटेनलाई कारवाही गर्न प्रहरी प्रधान कार्यलयको निर्देशन, यस्तो छ कारण…



समीर लिम्बु (भिटेन) युवापुस्तामाझ लोकप्रिय र्‍यापर हुन् । तर उनी विवादमा पनि आइरहेका हुन्छन् । हालैमात्र पनि भिटेनको नयाँ गीत सार्वजनिक भएको थियो । गीतलाई उनका फ्यानले रुचाए र गीत युट्युब ट्रेन्डिङमा पर्न पनि सफल भयो । तर गीतमा प्रयोग गरिएका अश्लील शब्दका कारण उनी विवादमा तानिएका छन् ।

उनले हालै सार्वजनिक गरेको ‘पारा’ बोलको नयाँ भिडियोमा प्रयोग भएका शब्द आपत्तिजनक भएको भन्दै  प्रहरी प्रधान कार्यालयले कारबाही साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको हो।

भिटेन विवादमा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दका कारण उनी आलोचना आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्